top of page
Search

बुढो रुख र खरानी

बर्सौ देखि मैले देखेको

आफ्नै घरको

बुढो रूख ढल्यो

मेरै आँखा अगाडी

शिरमा आकाश खस्यो

धर्ती भासियो केहि बेर

वायुको तेज फिक्का भयो

कैयन चराहरुले बचेरा हुर्काएको

त्यो रुख छिनभर मै वरफ बन्यो।


समाधिको आगो दन्किदै मात्र थियोे

पाण्डुहरु संस्कारको वेद पाठ गर्न थाले

धर्मको वकालत हुन थाल्यो

विचरा बुढो रुखको आत्मा

आग्नि सहन गरिएको थियोे उता

यता बाचुन्जेल हासखेल

मरे पछि तास खेल सुरु भयो

त्यतिबेला

मैले ढल्न लागेको जुनको

जुगा उखेल्न सकिन

रुञ्चे घामको तापले मेरो

वर्सौ चिसो ढाड सेक्न सकेन

अनि

आकाश मार्गमा बादलको ताण्डव

चलिरहेको थियो

त्यसैमा टोलाइ रहे मेरो खाली मगजमा बुढो रुख

ढलेको आवाजले तरङ्ग भरिरहेको थियो

म भन्दा माथिका हाँगाहरु

रुखका गहना लुछिरहेका थिए

रुख आफ्नो भएको जिकिर गर्दै थिए

जो आफ्नै बारीमा थिएनन्

मैले भने रुखको जेठो हागाको सन्त्तान म पनि हुँ

यति भने पछि जिल्ल परेका हुन स्यालका सरदारहरु

रातले कोल्टे फेर्यो

बिहानका तारा झरे

दिन उज्यालोको गर्वधारण गरेर निस्कियो

त्यसपछि

खरानी मै आगो झोसे खरानीका मालिकहरुले

अनि खरानीको व्यापार गर्न सम्म भ्याए चिसो चुलो तापेका मसानहरुले

जतिबेला

मलाई अचेटि रहेकोे थियो एउटा बुढो समयले म कलिलो जुन हेरेर हुर्केको बैरागी

बादललाई धुवाको मुस्लो भनिदिए

कालोलाई कालो भने

सेतोलाई सेतो भने

अनि बुढो रुखको आत्मा शान्तिका त्यसपछि म

सेतो कात्रो किन्न निस्कदै छु

एक जोर आँखा बगाउनु छ

बुढो रुखको सम्झनामा

नदि किनारमा बसेर

पानीमा आफ्नै छाया हेर्दै

- केशब बैरागी माइलो

 
 
 

1 Comment


zemon1872
Feb 12, 2023

Super great poem. Salute to the writer. Jai hos

Like

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page