top of page
Search

नचम्किएको हिरा

संकलक- अजित रुपाबुङ

ree

चित्रकार राम कुमार खेसाङ याकुले राई


भौतिक रुपमा जे पनि गुमाउन सक्छौँ, खोसि दिन सक्छन तर व्याक्तिमा भएको विचार/कला कहिल्यै गुम्दैन र कसैले खोस्न सक्दैन दैव छाडेर।त्यसको ज्वलन्त एक उदाहरण हुन चित्रकार राम कुमार खेसाङ याकुले राई।

भूटानको साम्ड्रुपजोङ्खर अन्तर्गत डाईफाम गाउँ पालिकामा जन्मिएका राम कुमार भूटान सरकारले नेपालीभाषीहरु माथी लादेको निरंकुश शासनको सानै उमेरमा शिकार बन्न पुगे।अन्तत स-परिवार नेपालको खुदुनाबारी स्थित भूटानी शरणार्थी शिविरमा शरण लिन बाध्य भए।सानै उमेर देखि चित्रकलामा खुबै चासो राख्ने राम कुमार नोटबुकको गता कुनै पनि खाली नछाडी कार्टुन झैँ देखिने चित्रहरु कोर्थे, पात, कोईला, फूल आदिका रङ बनाई रङ्ग्याउने गर्थे।अलिक ठूलो भए पछि पाँच रुपियाँ तिरेर चार्ट पेपर किनी त्यसमा पेन्सिलले स्केच गरी कलिउड- बलिउडका कलाकारहरुको चित्र दुरुस्त उतार्न थालेका थिए। किरोसिन तेलमा क्रेयोन कलर भिजाएर नरम बनाई सुन्दर रङ भर्न थालेका थिए। क्यान्भास पेन्टिङ भने पहिलो पटक उनले किशोर अवास्था देखि सुरु गरेका हुन। बाँसको फ्रेममा पातलो स्वेत कफन लपेटेर त्यसमा सेतो डिस्टेम्पर लेपेर क्यान्भास तयार पार्थे र ईनेमलले रङ्ग्याउथे। अहिले भने उनी प्रोफेसनल ओयल कलर प्रयोग गर्छन। अर्थपूर्ण चित्रहरु सृजना गर्छन। राम कुमारको चित्रमा प्राय विगतको परिवेश झल्केको हुन्छ। चित्र प्रदर्शनीहरुमा पनि उनको यस्तै चित्र प्रदर्शन हुने गर्छ। ल्याण्स्केपको चित्र पनि उस्तै सुन्दर कोर्छन, प्राय स्वैरकल्पनिकताको उच्चतम विन्दु प्रस्फुटन गर्छन। देवनगरी, अंग्रेजी र किराँत लिपीमा पनि ब्यानर लेख्न खप्पिस राम कुमारका चित्रहरु निकै राम्रा भए पनि उनी मूल्य भने न्युन तोक्छन।


अजित रुपाबुङको संकलनमा प्रस्तुत छ तल राम कुमार खेसाङ याकुले राईद्वारा सृजित केही सुन्दर चित्रहरु।


ree

ree



ree



ree

ree


ree

ree

ree




 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page