top of page
Search

दोधारे दशैं

आयो दशैं

पहिलाको जस्तै

पोहोरको जस्तै

परारको जस्तै

फरक यत्ती हो

मेरा बाबा

अमेरिकामा हुनुहुन्छ

त्यसैले दोधार - दोधारमा हुनुहुन्छ

आज या भोली

हिजो या आज

दोधार हुनुहुन्छ

पुरै confuse हुनुहुन्छ ।


तिमी आज भन्छौ

उ भोली भन्छ

पल्लो घरमा आज

वल्लो घरमा भोली

माथ्लो घरमा भोली

तल्लो घरमा आज

काकाको घरमा हिजो

बडीको घरमा आज

ससुरालीमा आज

मावलमा भोली

कस्तो फसाद !

मेरो सोझो बाबालाइ

आज या भोली

दोधार

दोधार

फेरी confuse

मेरो बाबा

फेरी confuse


खोइ तिमीले

बनाउनेले

बनाउदैछौ कि बिगार्दै छौ

यसरी दुइटा कुरा बनाएर

समाजलाइ जोडेको कि फोडेको

जोडेको भन्छौ फेरी पनि

फुटाएर !

मेरो बाबालाइ दोधार बनाएर

confuse गराएर

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page