top of page
Search

गजल

मायाको खोजीमा मन धेरै डुलेको हो।

धन्न, भेटियौँ तिमी र दुनियाँ भुलेको हो,


घरको माया के हो? त्यो चरिलाई सोध

त्यहि छ,पिन्जडा भन्ने वर्षौ अगि खुलेको हो।


कोहि किन ब्रम्हचारी बस्छन् थाहा छैन,

यहाँ फूल भने टिपिन कै लागि फुलेको हो।


शरीर बेचेर, के गरिखालान् भन्छ समाज

कसैको भने यसरी नै ऋृणा सुलेको हो।


मिले, राम्रो गर्न नसकिने भन्ने छैन दुनियामा

गुलाबी बन्न निलो र रातो रङ्ग घुलेको हो।

 
 
 

2 Comments


lilaadhikari62
Aug 20, 2022

So sweet Gazal

Like
Replying to

Thank You So Much For The Lovely Comment, We Appreciate It! ❤️

Like

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page